राष्ट्रपति भण्डारीसमक्ष राजदूतहरुले बुझाए ओहदाको प्रमाणपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राष्ट्रपति भण्डारीसमक्ष राजदूतहरुले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न तीन देशका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार छुट्टाछुट्टै नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई), तान्जानिया र सर्वियाका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

नेपालका लागि युएई राजदूत अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, ताञ्जानियाका कापुफी एमबेगा र सर्बियाका सिनिसा पेभिकले आ–आफ्नो ओहदाको प्रमाणपत्र राष्ट्रपतिसमक्ष बुझाएको  राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनका अनुसार अलसामसी नेपालका लागि आवासीय र एमबेगा र पेभिक गैरआवासी राजदूतहरु हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);