एसएसपी यादव मृत्यु प्रकरण पत्रकारलाई घटनास्थलमा प्रवेशमा निषेध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एसएसपी यादव मृत्यु प्रकरण पत्रकारलाई घटनास्थलमा प्रवेशमा निषेध

भैरहवा । संघिय प्रहरी ईकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशील कुमार यादवको शंकास्पद मृत्युपछि पत्रकारहरुलाई कार्यालय प्रवेशमा निषेध गरिएको छ ।

शंकास्पद मृत्युमा आन्तरिक विषय खुल्ने सक्ने भएकाले प्रहरीले पत्रकारहरुलाई कार्यालय प्रवेशमा निषेध गरेको हो ।

सांगठनिक समस्याका कारण एसएसपीको मृत्यु भएको हो भने प्रहरीबाट धेरै विषय खुल्न सक्छ । तर, रुपन्देही प्रहरीले कार्यालयमा आएका विभिन्न प्रहरी अधिकारीहरुसगँ पत्रकारहरुलाई भौतिक सम्पर्क गर्न दिएको छैन ।

रुपन्देही प्रहरीले एसएसपी यादवका परिवार सदस्य, आफन्त सहित  सर्वसाधारण, व्यवसायी लगायतलाई कार्यालयमा प्रवेश गराएपनि पत्रकारलाई प्रवेशमा पूर्ण रुपमा रोक लगाउँदा प्रहरीले आवश्यक सूचना लुकाउन चाहेको आभास भएको पत्रकार राधेश्याम बिश्वकर्माले बताए ।

“हाम्रो कार्यालय भएपनि हामीले पत्रकारहरुलाई प्रवेशमा रोक लगाएका होईनौँ ” संघिय प्रहरी इकाई कार्यालय भैरहवाका डिएसपी हेम बहादुर केसीले भने,”अनुसन्धानको विषय भएकोले सबै काम जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरिरहेको छ । यश विषयमा हामीले केही गरेका छैनौँ । “

कार्यालयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेल खटिएका छन् ।

शुक्रबार दिउँसो एसएसपी यादवको शव कार्यालयको क्वाटरमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);