१३ माघ ,बारा ।
कलैया नगरपालिकालाई उपमहानगरपालिका घोषणाको माँग गर्दै यहाँका बासिन्दाहरुले आज पनि आन्दोलन जारी राखेका छन् ।
उद्योग वाणिज्य संघ कलैयाको अगुवाईमा चरणवद्ध सुरु गरिएको आन्दोलको क्रममा स्थानियबासी, व्यपारी, राजनितीककर्मीले आज २ घण्टा कलैया बजार बन्द गराएका हुन । सोही समयावधीभरी आन्दोलनकारी जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका थिए ।
माग पुरा नभएसम्म आन्दोलनलाई अझकडा बनाउने उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले बताए । आन्दोलनकारीले ८ दिन देखी सुरुगरिएको रिने अनशनालाई आज पनिनिरन्तरता दिएका छन ।