वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा छौ : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा छौ : नेता नेपाल

कोहलपुर। एकिकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रीक वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा रहेको बताएका छन । बिहीबार समाजवादी प्रेस सगठन बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका छन् । चुनावहरुको सिलसिला शुरु भएको र चुनावहरुमा आफुहरुले विजय प्राप्त गर्ने बताए । एकिकृत समाजवादी पाटीका विभिन्न कामहरु व्यवस्थित हुदै पालिका, जिल्लाहरुमा कमिटी गठन गर्नै काम भैरहेको बताए ।

त्यस्तै नेता नेपालले एमसीसीको बारेमा छलफल भइरहेको बताउदै नेपाली जनताको विश्वास जित्न आफुहरुलागेको बताए । नेतालाई मन परेको जनतालाई मन नपर्नै र जनतालाई मन नपरेको नेतालाइ मन नपर्ने कुरामा छलपल हुनुपर्ने आवश्यक रहेको बताए । त्यस्तै नेता नेपालले देशको रक्षा गर्न एकिकृत समाजवादी पाटी चिन्तनशिल रहेको बताउदै स्वास्थ्य,शिक्षा रोजागारी र जनताको हितका विषयमा पाटी गम्भिर रहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);