बर्दिया, २३ कार्तिक। जिल्ला प्रशासन कार्यलय बर्दियाले अनुमति लिएर राखिएका हतियार १५ दिन भित्र बुझाउन आग्रह गरेको छ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रशासनले जति सक्दो छिटो हतियार बुझाउन आग्रह गरेको हो । निर्वाचन समय भरि जो कोहि व्यक्तिसँग रहेको हातहतियार प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई जानकारी दिएका छन्।
प्रमुख जिल्ला अधिकारी भट्टराइले १५ दिन भित्र हात–हतियार नबुझाए कारबाही गर्ने चेतावनी दिए । बर्दियामा ५७ वटा मतनास्थल अतिसंवेदनशील, ४२ वटा संवेदनशील र ५४ वटा सामान्य रहेको छ ।