हाम्रो तालमेलबाट कांग्रेस तिलमिलाउनु पर्ने जरुरी छैन : नेता ईश्वर पोखरेल (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाण्डौँ, २२ कार्तिक । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफूले जनतामाथि विश्वास गर्ने बताउँदै जनताले दिने कुनै पनि फैसला स्वीकार्य हुने बताएका छन् ।

काठमाण्डौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको पोखरेलले माउण्टेन टेलिभिजनबाट प्रशारण हुने खरो प्रश्न कार्यक्रममा यस्तो बताएका हुन् ।

अस्थायी रुपमा जनता कहिले कता कहिले कता हुनेसक्ने भन्दै अन्तिममा सहि ठाउँमा नै जनताका निर्णय हुने उनले बताए । राजनीतिक अस्थिरता तोड्नको लागि पनि बहुमतको सरकार आवश्यक भएको उनले बताए ।

काठमाण्डौँ क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेलले कांग्रेसका प्रकाश शरण महतसँग प्रतिस्पर्धा गर्नेछन् । हेर्नुहोस् खरो प्रश्नमा खरो जवाफ:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);