रुकुमलाई नमुना नगरपालिका बनाउने नेता शर्माको विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

रुकुम, २३ कार्तिक। पूर्व गृहमन्त्री एवम् माओवादीका प्रतिनिधि सभा पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्माले रुकुमलाई समृद्ध बनाउन वाम गठबन्धनलाई जिताउन पर्ने बताएका छन्। रुकुममा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले रुकुमलाई शान्त, सुसम्पन्न बनाउने सपना रहेको बताएका हुन्।

स्थानीय स्रोत र साधनलाई प्रयोग गर्दै रुकुमलाई आधुनिक विकास र समृद्धिको मोडेल बनाउन सम्भव भएको शर्माले गरे। उनले आफु कुनै आश्वासन दिन नआएको तर रुकुमलाई विकास समृद्ध बनाउने सपना पुरा गर्न आएको बताए।

उनले आफनो पहलमा चौरजहारी वजारमा राष्ट्रिय प्रशारण लाईनको विद्युत आईपुगेको बताउँदै ६ महिनाभित्र खोलागाँउ नुवाकोटसम्म विद्युत लाईन पुर्याउने र १ वर्ष भित्र नगरपालिकाका सबै घरमा विजुली बाल्ने बताए । उनले अबको समय सम्पन्न सडक, इन्टरनेट सेवा जस्ता सेवा जनता माझ पुर्याउन खर्चिने बताए।

वामपन्थी सरकार आएपछि जनताको हक अधिकार सुनिश्चित हुने विश्वास समेत दिलाएका थिए।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);