कास्कीमा पन्ध्र दलित उम्मेदवार, सबैभन्दा पावरफुल जीवन परियार | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

काठमाडौँ, २३ कार्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले कास्कीमा १५ जना दलितलाई उम्मेदवार बनाएका छन्।

प्रतिनिधिसभाअन्तर्गत कास्की क्षेत्र नं १ मा नेपाल दलित पार्टीले राजु परियार, क्षेत्र नं २ मा दलित पार्टीबाटै लक्ष्मी विश्वकर्मा, क्षेत्र नं ३ मा वाम गठबन्धनले नेकपा (एमाले) का जगतबहादुर सुनार विश्वकर्मा, संघीय समाजवादी फोरमले डिलबहादुर नेपाली र नेपाल दलित पार्टीले दुर्गाबहादुर कामीलाई उम्मेदवार बनाएका छन्।

यस्तै क्षेत्र नं १ को (क) मा प्रदेश सभाका लागि नेपाली कांग्रेसले जीवन परियार, नेपाल दलित पार्टीले मानबहादुर कामी, (ख) मा दलित पार्टीले भीमबहादुर दर्जी, क्षेत्र नं २ को (क) मा संघीय समाजवादी फोरमले किसन विश्वकर्मा, (ख) मा नेपाल दलित पार्टीले मीठु परियार, क्षेत्र नं ३ को (क) मा जनसमाजवादी पार्टीले गोरे दमाई, संघीय समाजवादी फोरम नेपालले चीनबहादुर नेपाली, मंगोल नेशनल अर्गनाइजेशन पार्टीले सुरेन्द्र विश्वकर्मा र (ख) मा नेपाल दलित पार्टीले कमला विकलाई उम्मेदवार बनाएको छ।

सबैभन्दा पावरफुल जीवन परियार

नेपाली कास्कीको क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ क्षेत्र क मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका जीवन परियारलाई उम्मेदवार बनाएको छ। सबैको प्रिय नेताको रुपमा परिचित सरल स्वभावका परियार जिल्लामै पावरफुल उम्मेदवारको रुपमा देखिएका छन्।

आफ्ना कार्यकर्तासँग मात्र नभई विपक्षी दलका नेता कार्यकर्तासँग पनि घुलमिल हुने र सबैलाई सम्मान गर्ने अद्भुत क्षमताका परियारलाई वाम गठबन्धनको उम्मेदवारका कारण पनि विजयी हुन सहज देखिएको छ। बाम गठबन्धनको तर्फबाट माओवादीको भागमा परेको कास्की क्षेत्र नम्बर १ को (क) मा माओवादीले क्षेत्र बाहिरका (पाहुना) व्यक्तिलाई उम्मेदवार बनाएपछि पार्टीका स्थानीय नेता मात्रै होईन गठबन्धनको मुख्य दल एमाले झन् रुष्ट बनेको छ।