देउवाको कार्यकालमा कांग्रेसले चन्दाबाटै कमायो ११ करोड | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

देउवाको कार्यकालमा कांग्रेसले चन्दाबाटै कमायो ११ करोड

काठमाडौं ।  नेपाली कांग्रेसले पछिल्लाे ६ वर्षमा ११ करोडभन्दा बढी रकम चन्दा संकलन गरेको छ । पार्टीलाई सहयोगका नाममा व्यापारीदेखि शुभेच्छुकसम्मले कांग्रेसलाई करोडौँ रकम सहयोग गरेका हुन् ।

 कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कोषाध्यक्ष सीतादेवी यादवले बन्दसत्रमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा कांग्रेसले सभापति शेरबहादुर देउवाको पालामा ११ करोड २३ लाख ४८ हजार ६०८ रुपैयाँ चन्दा तथा सहयोग प्राप्त गरेको उल्लेख छ ।

 प्रतिवेदनअनुसार २०७२/०७३ मा ३ करोड २७ लाख ८८ हजार ७६०, २०७३/०७४ मा एक करोड ९० लाख २१ हजार ७१९ रुपैयाँ आम्दानी भएको छ । २०७४/०७५ मा २ करोड ९३ लाख ३४ हजार १०४, ०७५/०७६ मा १ करोड ४६ लाख ४० हजार ७०६, ०७६/०७७ मा ६२ लाख २१ हजार ६६१ रकम संकलन भएको छ । २०७७/०७८ मा १ करोड, ३ लाख ४१ हजार ६५८ चन्दा तथा सहयोगबाट आम्दानी गरेको छ । 

सभापति देउवाको पालमा चन्दासहित दस्तुर तथा नवीकरण, कुपन तथा पब्लिकेसन विक्री र अन्य स्रोतबाट कुल ३१ करोड ९९ लाख ३१ हजार ८५४ रुपैयाँ आन्दानी गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);