देउवा टिमको उपसभापतिमा विजय र पूर्णबहादुर, महामन्त्री अझै टुंगिएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

देउवा टिमको उपसभापतिमा विजय र पूर्णबहादुर, महामन्त्री अझै टुंगिएन

काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका शेरबहादुर देउवाको टिमले अझै पूर्णता पाएको छैन । अहिलेसम्म पदाधिकारी उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम टुंगो लागेको छ । यसैगरी महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको नाम चर्चामा रहे पनि टुंगिन बाँकी छ ।  

सहमहामन्त्री मुस्लिमबाट फरमुल्ला मन्सुर, पिछडिएका वर्गबाट जीवनबहादुर शाही र महिलाबाट डिना संग्रौला उपाध्यायको नाम टुंगिसकेको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिया सुरु भइसक्दा पनि नेताहरूले आफ्नो टिमलाई पूर्णता दिन सकेका छैनन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);