कांग्रेसमा संस्थापन र इतर समुहबीच कुरा मिलेन, ४ जनाको मात्र नाम पठाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेसमा संस्थापन र इतर समुहबीच कुरा मिलेन, ४ जनाको मात्र नाम पठाइयो

काठमाडौं । सरकारले आजपनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्ने देखिएको छ । कांग्रेसले ८ मध्य चार जनाको मात्र नाम पठाएपछि आजपनि मन्त्रिपरिषदले पूर्णता नपाउने संकेत देखिएको हो । पार्टीभित्र कुरा नमिलेको भन्दै कांग्रेसले सभापति शेरबहादुर देउवा निकट मानिएका ४ जनाको नाम मात्र पठाएको छ ।

कांग्रेसमा शेखर समूहले ३ मन्त्रालयको अडान छाडेको छैन् । कांग्रेसबाट सरकारमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने भएको छ । साथै, अर्थमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रमेश रिजाल र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने भएका छन् ।

देउवाले इतर समूहलाई २ मन्त्रालय मात्रै दिने अडान नछाडेको कांग्रेसका एक नेताले जानकार दिए ।

सरकारले मन्त्रीहरूको शपथ आजै गराउने तयारी गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);