ऋषिङ कपको उपाधि गल्कोट नगरपालिकालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ऋषिङ कपको उपाधि गल्कोट नगरपालिकालाई

तनहुँ । ऋषिङ गाउँपालिकाले आयोजना गरेको खुला अन्तर पालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबलको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले उचालेको छ ।

बुधबार ऋषिङको झापुटार खेल मैदानमा भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि उचालेको हो ।

उपाधिसँगै गल्कोटले नगद १ लाख ४० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता शुक्लागण्डकीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);