यु-१९ क्रिकेट: नेपाल र बंगलादेश एकै समूहमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यु-१९ क्रिकेट: नेपाल र बंगलादेश एकै समूहमा

काठमाडौं । आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कपमा नेपाल सहज समूहमा परेको छ ।

एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन् । 

समूह ‘ए’ भने भने बलिया भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन् ।  प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ ।  समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । 

नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दा ११ पुसमा दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । यस्तै १३ पुसमा कुवेतसँग खेल्ने तालिका छ । 

प्रतियोगिताको लागि नेपाली टोलीले तयारी तीब्र बढाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);