पछिल्लो समय नेपालको राजनीतिमा गाली गलौज र असभ्य शब्दहरुको प्रयोगमा होडबाजी नै चलीरहेको अवस्था छ । शिर्षनेताहरुबाट नै सदाचार , नैतिकता र असल संस्कारलाई लत्याएर एक अर्काप्रति अमार्यादित र कटु शब्दको प्रयोग भइरहेको छ ।
निष्ठा विनाको राजनीति गरिरहेकाहरु उच्च नैतिक चरित्र प्रदर्शन गर्ने कर्तव्यबाट पनि विमुख छन् । दम्भ र शक्तिको उन्मादमा डुबेका शिर्ष नेताहरुको बढ्दो अपशब्दको प्रयोगबाट सिंगो समाज आजित भइसकेको छ ।
स्वभाविक रुपले राजनीतिज्ञहरुमा सदाचार, नैतिकता र असल संस्कार हुनु पर्छ। नैतिकवान नेताले मात्र जनविश्वास जित्न सक्छ। नेताहरुले सार्वजनिक जिम्मेवारीलाई अवसर भन्दा पनि कर्तव्यको रुपमा बुझ्नु पर्ने हो।
तर नेपालको हकमा यो मामिलामा अधिकांश नेताहरु दया लाग्दो अबस्थामा छन। विडम्बना भन्नु पर्छ, हाम्रो देसका नेताहरुको बोली, वचन, व्यवहार र दैनिकी विचित्रको छ। निष्ठा विनाको राजनीति गरिरहेकाहरु उच्च नैतिक चरित्र प्रदर्शन गर्ने कर्तव्यबाट विमुख छन। उनीहरु न संयता छ, न त धर्य गर्ने शक्ति। विवेकहिनपुर्ण व्यवहारका कारण नेताहरु दम्भ र शक्तिको उन्मादमा डुबेका छन। यस्ता नेताहरुबाट सिंगो समाज आजित भइसकेको छ।
भर्खरै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनले नया नेतृत्व चयन ग¥यो। साढे दुई दशक देखि पार्टीमा एक छत्र राज गरिरहेका कमल थापा अध्यक्ष पदमा विजयी हुन सकेनन। आफ्नो नीजि कम्पनी जस्तो गरि राप्रपा सञ्चालन गरेको आरोप खेपिरहेका कमल थापाका पछिल्ला हर्कतले उनीमाथि लागेको आरोप एक हद सम्म पुष्टि गरेको छ। राप्रपाको नेतृत्वमा राजेन्द्र लिङ्देन आएकोमा राप्रपाको नेता कार्यकर्ता मात्र होइनन धेरै नेपाली जनता समेत खुसी छन।
आम युवाहरुले नेतृत्वमा लिङ्देनको आगमनलाई स्वागत गरेका छन। तर दुई दशक भन्दा बढि समय देखि पार्टी नेतृत्वमा रहेर पटक पटक सत्ता र शक्तिमा पुगेका कमल थापाले महाधिवेशनमा भएको हारको दोष हतार हतार समाजीक सञ्जालबाट निर्मल निवासलाई दिए।
अर्थात पूर्व राजा ज्ञानेन्द्र शाह प्रति तल्लो स्तरको टिप्पणी गरे। थापाले महाधिवेशनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भयो भनेर भत्सर्ना गरे। कमल थापाको यस्तो प्रतिकृयाले महाधिवेशन प्रतिनिधिहरुले प्रयोग गरेको स्व विवेकको समेत अपमान भएको छ। साथै के कमल थापा अहिले सम्म निर्मल निवासकै आर्सिवादले राप्रपाको अध्यक्ष बन्ने गरेका थिएत? भन्ने प्रश्न पनि उठेको छ।
राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको सपथ ग्रहण समारोहमा पाइल नटेकेका थापाले ट्वीटबाट जितको बधाइ पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिए। छिन छिन मै समाजीक सञ्जालमा आक्रोस पोखेका कमल थापाले आज त मनै फाट्यो केले सिउने भन्ने अरुको कविता साभार गरेर पोष्ट गरे।
पूर्व उपप्रधानमन्त्री समेत रहेका कमल थापाले आफ्नो पराजयलाई सायद अहिले सम्म पनि स्वीकार गर्न सकेका छैनन। जबकि निर्वाचनको विश्व व्यापि सिद्धान्तले भन्छ, जीत हार स्वीकार्नु पर्छ भनेर। प्रजातन्त्रको नारा लगाएर नथाक्ने पाका नेता कमल थापाले गणतन्त्रमा निर्वाचनको परिणाम स्वीकार गर्नु पर्छ भन्ने कुरा किन बुझ्न सकेनन? थापा प्रति तेछ्रिएको यो गम्भिर प्रश्न हो। किनकि निर्वाचनको परिणाम आकस्मिक रुपमा आएको होइन।
थापाको पार्टी सञ्चालन गर्ने शैली प्रति राप्रपाभित्र विगत लामो समय देखि चर्को असन्तुष्टि थिया। यस बारे थापा राम्रोसँग जानकार थिए। उनले पार्टीमा एकलौटी शासन गरिरहे। तर कहिले पनि त्यसको आत्मा समिक्षा गरेनन।
यस्ता कमल थापाहरु हरेक पार्टीभित्र छन। जो उच्च ओहोदामा त बसेका छन। तर आफ्नो सार्वजनिक दायित्वप्रति चेत राख्न सक्दैनन। कांग्रेस वा कम्युनिष्ट जुनसुकै पार्टीमा पनि अधिकांश नेताहरु नैतिक रूपमा खोक्रा छन। भाषणमा आफुलाई लोकतान्त्रको हिमायती भन्नेहरु निर्वाचनको परिणाम देखेर विचलीत हुने गरेका छन।
नेताहरुमा आफू बहुमतमा जादा त्यसको कारण आफ्नो लोकपृयता देख्ने तर अल्पमतमा पर्दा बहुमत पक्षलाई स्वीकार गर्न नसक्ने परिपार्टी नै बसेको छ। आफु पनि मानिस हुँ म बाट पनि मानवीय कमजारी हुन सक्छ भनेर आत्मालोचना गर्ने नेताहरुको खेडेरी नै छ। त्यसको उपज हो कमल थापाको आक्रोस। यहाँ प्रसगवस कमल थापाको नाम चर्चामा आएको मा हो। अन्यथा के कांग्रस के कम्यनिष्ट सवै पार्टीका शिर्ष नेताहरु पार्टीको नेतृत्वमा पराजीत हुने हो भने अबस्था यस्तै हुने हो।
यसै पनि राजनीति निकै महँगो र बेथितिपूर्ण हुँदै गएको छ। पार्टी महाधिवेशन होस वा आम निर्वाचन, पैसा नै पोलिटिक्स हो भन्ने सोच विकसित हुदै गइरहेको छ। पदबाट सजिलै बहिरिने आत्मिक निष्ठा नभएका नेताहरु उच्च जिम्मेवारीमा रहेको वेला राम्रो काम गर्नु त परै जाओस बोली, व्यवहार, कार्यशैली, खानपिन तथा जीवनशैलीमा समेत उदाहरणीय बनेर देखाउन सक्दैनन।
त्यसैले आज राप्रपा भित्र कमल थापाले आफु नेतृत्वबाट विस्थापित भएको महसुश जसरी गरिरहेका छन। यदि नेताहरुको कार्यशैली नसचिन्ने हो भने, भोली अन्यपार्टीका मै हु भन्ने नेताहरुको अबस्था पनि यस्तै हुन सक्छ। सधैभरि आफूलाई चुनौती दिन खोज्ने नेतालाई कारबाही गरेर नेतृत्वमा टिक्न सकिदैन। नेताहरु सिद्धान्त अनुसार हिडन सक्नु पर्छ। पार्टी पंक्तिको विश्वास जित्न सक्नु पर्छ। र जनता र कार्यकर्ताले नेता बन्ने अवसर दिएको वेला आफुलाई देसकै मालिक सोच्ने भन्दा पनि जनताको सेवक र र देसको जिम्मेवार संरक्षक व्यक्ति बन्न सक्नु पर्छ।