१३ वर्षीय बालक लागूऔषधसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

१३ वर्षीय बालक लागूऔषधसहित पक्राउ

महोत्तरी । महोत्तरीको सम्सीबाट लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने  शनि नेपाली रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ सवार अटो रिक्सालाई जाँच गर्ने क्रममा किशोरले कम्मरमा लगाएको पेटीभित्र कालो प्लास्टिकमा लुकाएको लागूऔषध भेटिएको महोत्तरी जिल्ला प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

बालकको साथबाट चार पत्ता नाइट्रोभेट (६० पिस) र दुई पत्ता स्पास्मो प्रोक्सिभन (१६ पिस) ट्याब्लेट बरामद भएको छ । बालकलाई प्रहरी हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);