अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा नै जुटेन सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा नै जुटेन सहमति

काठमाडौं । एमाले महाधिवेशनमा सहमति मार्फत नेतृत्व चयन गर्न प्रयास गरीए पनि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र महासचिव पदमा सहमति जुट्न सकेको छैन । एमाले अध्यक्ष केपी ओली यति बेला सहमति मार्फत नेतृत्व चयन गर्न नेताहरु संग छलफलमा व्यस्त बनेका छन् । केन्द्रीय कमिटीको प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिए पछि उनी नेताहरुसँग समूहगत र एक्काएक्लै छलफलमा व्यस्त भैरहेका छन् ।

ओलि नेताहरु संग छलफलमा जुटेपनि अझै सम्म सहमति भने कायम हुन सकेको छैन । अध्यक्ष पदमा भीम रावल , वरिष्ठ उपाध्यक्षमा ईश्वर पारेखल, सुवास नेम्वाङले आ–आफ्नो अडान कायम नै राखेका छन् । यस्तै महासचिवमा शंकर पोखरेल र विष्णु पौडेलले आ– आफ्नो अडान कायम नै राखीरहेका छन् । आहिले सम्म कुनै पनि पदमा सहमति जुट्न सकेको भने छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);