एमाले सुदूरपश्चिमको नेतृत्व चयनमा नेताहरुको रस्साकस्सी,अझै जुट्न सकेन सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एमाले सुदूरपश्चिमको नेतृत्व चयनमा नेताहरुको रस्साकस्सी,अझै जुट्न सकेन सहमति

काठमाडौं, २५ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन पाँच दिनमा पनि टुंगिएको छैन । नेतृत्व चयनमा नेताहरुको रस्साकस्सीका कारण अझै नटुंगिएको हो । धनगढीको बाराही पार्टी प्यालेसमा उदघाटन भएको अधिवेशन आजदेखि बधबारदेखि पार्टी प्यालेसमा सारिएको छ तर अधिवेशन कहिले टुंगो पुग्ने भन्ने अन्योलमा छ ।

नेताहरु सहमतीको प्रयासमै रहेको बताइएको छ । निर्वाचनमा अन्योल भएपछि सुदूरपश्चिमका नौवटै जिल्लाबाट आएका ६७५ जना प्रतिनिधिमध्ये अधिकांश घर फर्किसकेका छन् । सहमतिको प्रयास सफल नभएपछि मंगलबार सुरु हुने निर्वाचन पनि हुन अहिलेसम्म हुन सकेको छैन । सहमतिको प्रयास जारी भए पनि निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने अडान उम्मेदवारहरुले राखेपछि अन्योल बढ्दै गएको छ । प्रदेश अध्यक्षमा सहमती गर्ने भन्दै दुई जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। कमल तिमल्सिना र कृष्णप्रसाद जैसीको उम्मेदवारी कामय छ । वचनबहादुर सिंह र भरत साउद उम्मेदवारी फिर्ता लिएका छन्। ​

सुदूरपश्चिममा एमाले नेता भीम रावलका आधिकारिक उम्मेदवार कृष्ण प्रसाद जैसीलाई अध्यक्ष बनाउन नेताहरु सहमती जारी राखेका छन्। कार्यकर्ताहरु तिमिल्सिना र जैसीका लागि अलगअलग कित्तामा नेता कार्यकर्ताहरु बाँडिएका छन्। निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारी, केन्द्रिय सचिव लेखराज भट्ट समर्थित प्रतिनिधि एकातिर र कर्णबहादुर थापा समूह अर्कोतिर विभाजित देखिएका छन्। भण्डारी र भट्टको साथ तिमिल्सिनालाई रहेको देखिएको छ भने थापा पक्षधर नेता कार्यकर्ताहरुको साथ जैसीलाई रहेको एमाले कार्यकर्ताहरु बताउँछन्। जैसी एमाले नेता भीम रावल पक्षधर मानिन्छन्। अधिवेशनले अध्यक्षसहित १ सय ५५ सदस्य नयाँ नेतृत्व चयन गर्नेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);