एमाले बागमती प्रदेश अधिवेशन जारी, आज बन्दसत्र | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

एमाले बागमती प्रदेश अधिवेशन जारी, आज बन्दसत्र

काठमाडौं, ९ असोज । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनअन्तर्गत आज बन्दसत्र सुरुभएको छ । प्रज्ञा भवन कमलादीमा जारी बन्द सत्रमा निवर्तमान कमिटीका अध्यक्षका तर्फबाट केशव पाण्डेले राजनीतिक–सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने र नेतृत्व चयनको प्रक्रिया सुरू हुने कार्यक्रम छ ।

एक लाख नौ हजार २३८ प्रतिनिधिबाट प्रदेश अधिवेशनका लागि एक हजार १५० बढी प्रतिनिधि सर्वसम्मत चुनिएर आएका छन् । नौ सय प्रतिनिधि भूगोलबाट, ७० जनसंगठनबाट र ३० विभागबाट चुनिएर आएका छन्। कूल प्रतिनिधि संख्याको पाँच प्रतिशत मनोनित गर्न पाउने प्रावधान विधानमा छ। ती प्रतिनिधि पनि चुनिएको प्रदेश कमिटी सदस्य पुरूषोत्तम आचार्यले जानकारी दिए। उनका अनुसार ५६ जना प्रतिनिधि मनोनीत भएका छन् । संघीयता कार्यान्वयनमा आएपछि एमालेले पहिलो पटक प्रदेश अधिवेशन गरेको हो ।

एमाले बागमतीको अध्यक्षका लागि दुई केन्द्रीय सदस्यसहित अहिलेसम्म ५ जना आकांक्षी मैदानमा देखिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिइसक्नु भएको छ । ।नेतृत्व चयनका लागि सर्वसम्मतिका लागि प्रयास भए पनि चुनावै हुने देखिएको छ ।

Leave a Reply

ताजा समाचार