एमाले मधेशको अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८०, आइतबार

एमाले मधेशको अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्दै

काठमाडौं, २४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै छ । आजदेखि जनकपुरधाममा सुरु हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एमालेका अन्य शीर्ष नेताहरु पनि कार्यक्रममा सहभागी हुनेछन् । अधिवेशनको लागि सम्पुर्ण तयारी पुरा भइसकेको छ । शीर्ष नेताहरुको टोली बिहान १० बजे जनकपुर धाम पुुग्ने बुझिएको छ ।

अधिवेशनबाट २३५ सदस्य प्रदेश कमिटी चयन हुने एमालेले जनाएको छ । जसको लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।
अधिवेशन सम्पन्न गराउन १०५ जना स्वयंसेवक परिचालन गरिएको छ । नेता कार्यकर्ता व्यवस्थापनका लागि प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।

एमालेको मधेश प्रदेश अध्यक्षका लागि धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, सिहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, संविधान सभा सदस्य पर्साका विचारी यादव, धनुषाका पूर्व जिल्ला सचिव लक्ष्मीनारायण यादव लगायत आकंक्षी देखिएका छन् ।

Leave a Reply