लमजुङ । जिल्ला खेलकुद विकास समिति लमजुङले १८ मा खुला पुरुष मिनि म्यारथन प्रतियोगिता आयोजना गर्ने भएको छ । सुन्दरबजार नगरपालिका- ९ भोटेओडारमा म्याराथन दौड सञ्चालन गरिने समितिका अध्यक्ष योगबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्वितियलाई २२ हजार २ सय २२, तृतीयलाई ११ हजार १ सय ११ र सान्त्वना दुई जनालाई प्रतिव्यक्ति ५ हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए ।
बेसीशहर नगरपालिकाको प्रवेशद्वारदेखि भोटेओडार, सिउँडीबार, लमजुङ क्याम्पस गेट, पाउँदी हुँदै भोटेओडार बगैचा सम्म करिब १५ किलोमिटरको प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले ४५ हजार रुपैयाँ बजेट पठाएको र बाँकी रकमकाे जाेहाे समितिले नै गर्ने अध्यक्ष गुरुङले बताए । प्रतियोगीता सञ्चालनका लागी ४ लाख ६० हजार खर्च अनुमान गरिएको छ ।