काठमाण्डौँ, २० कार्तिक । गतसाता काठमाण्डौँको कमलादीमा गोली चलाउने दुई जना भारतीय नागरिक जग्गा दलाल भएको खुलेको छ ।
उनीहरुलाई अहिले प्रहरी हिरासतमा राखेर अनुसन्धन गरिरहेको छ । अनुसन्धानपछि उनीहरु भारतीय जग्गा दलाल भएको खुल्न आएको हो ।
भारतको पञ्जाबमा जग्गा विवाद भएपछि उनीहरु घुम्नको लागि नेपाल आएको र उनीहरुको साथमा रहेको हतियार भारतीय लाइसेन्स प्राप्त हतियार भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु खाजा खाइसकेर बाहिरिन खोज्दा विवाद भएको थियो । विवादका क्रममा उनीहरुसँग रहेको स्वचालित हतियार पड्किएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।




