धानखेतमा यादवको शव फेला, हत्या गरिएको आशंका | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

काठमाण्डौँ, २० कार्तिक । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका– ७ बस्ने रामपुकार यादवका छोरा १६ वर्षीय पुजन यादवको हत्या भएकोे अवस्थामा शव फेला परेको छ ।

यादव कात्तिक १७ गते राति घरबाट हराएका थिए । खोजतलाश गर्दै जाँदा गएराति १० बजे बलवा नगरपालिका– ११ स्थित अंकुशी खोलाको नहरको छेउमा रहेको सोगारथ महतोको धानखेतमा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले जानकारी दिएका छन् ।

युवकको अनुहारको विभिन्न भाग र नाकबाट रगत बगेको तथा शरीर भरी निल डामका रहेको बताईएको छ ।
मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको, हत्यामा संलग्न रहेको आशंकमा दुई जनालाई नियन्त्रणमा समेत लिएर अनुसन्धान अगाडि बढाईएको छ ।