मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह

काठमाडाैं । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले यसबाट बच्न सतर्क रहनुपर्ने बताएका हुन्र ।

उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेको छ ।

उनले कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस १ डिग्रि सेल्सियससम्म झरेको जानकारी दिए । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको बताए ।

वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताए । उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल तल्लो तहमा बस्ने जानकारी दिँदै हावा नचल्ने भएकोले काठमाडौँलगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, जनकपुरजस्ता शहरहरुमा प्रदूषण बढ्नसक्ने बताए ।

वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारी गरेर जनधनको क्षति हुन नदिनेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नुपर्ने बताए ।

वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका तथा वृद्धवृद्धालाई चिसोबाट बचाउने उपाय अपनाउनु आग्रह गरे।

Leave a Reply