अफिसमा निन्द्रा लाग्छ ? यी ६ उपाय अपनाउनुहोस् तपाईको समस्या चट् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

काठमाडौँ । दिउँसो खाना खाएर अफिस जाँदा निन्द्रा लाग्नु कुनै अनौठो कुरा होईन तर त्यस्तो बेलामा तपाईले कानमा हेडफोन लगाएर गीत सुन्दै काम गर्दा निन्द्रा भगाउन सक्नुहुन्छ।

दिउँसो खाना खाएर अफिस जाँदा निन्द्रा लाग्नु कुनै अनौठो कुरा होईन तर त्यस्तो बेलामा तपाईले कानमा हेडफोन लगाएर गीत सुन्दै काम गर्दा निन्द्रा भगाउन सक्नुहुन्छ।

आफुँले काम गरिरहेको स्थान भन्दा बाहिर सुर्यको किरण आउने ठाउँमा जानुस र लामो स्वास लिनुस या झ्यालको छेउमा गई केहि समय बाहिरि वातावरण अवलोकन गर्नुस त्यसो गर्दा निन्द्रा भगाउन सकिन्छ।

अफिसमा तपाईलाई अत्याधिक निन्द्रा लाग्छ भने तपाईले अमिलो स्वादको चकलेट या चिसो आईसको बरफलाई पनि प्रयोग गर्न सक्नुहुन्छ।

कुनै वास्नादार चिजको वासना लिन सक्नुहुन्छ ताकि तपाईलाई त्यसले अलर्ट गरिराखोस र तपाईलाई अनावश्यक लाग्ने निन्द्रा हटाउन सकियोस।

आजकल प्रयाजसो अफिसमा इन्टरनेट अवस्य पनि हुनेगर्छ त्यसैले इन्टरनेटमा निन्द्रा लागेको समयमा गेम खेलेर पनि तपाईले निन्द्राको सदुपयोग गर्न सक्नुहुन्छ।

निन्द्रा तीव्र लाग्यो तर अफिसमा काम मारामार छ भने त्यस्तो बेला तपाईले त्यस्तो साथिलाई फोन गर्नुस जसले तपाईलाई धेरै भन्दा धेरै हसाउन सक्छ जसका कारण तपाईलाई लागिरहेको निन्द्रा तुरुन्त गायव हुन्छ र तपाई क्षणभरमा फुर्तिलो हुन सक्नुहुन्छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);