सरकार धेरै फेरिए,फेरिएन सुस्ताबासीको जीवन | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

सरकार धेरै फेरिए,फेरिएन सुस्ताबासीको जीवन

मोहम्मद ईजहार शेख
माघ ६, नवलपरासी ।
नवलपरासीको सुस्तामा भारतीय अतिक्रमण वढ्दै गएपछि नवलपरासीका सांसद , प्रमुख जिल्ला अधिकारी , स्थानीय बिकास अधिकारी , प्रहरी प्रमुख लगायत जिल्लाका उच्च पदस्थ ब्यक्ति सहित राजनितिक दलको टोलीले स्थलगत
अनुगमन गरेको छ । करिब ३ सय घरदुरी रहेको त्रिवेणी सुस्ता गाविस वडा नम्बर ४ सुस्ताको दक्षिण र पुर्वमा भारतको विहार राज्यको भेडियारी बजार,उत्तरमा विवादित सुस्ता

सरकार धेरै फेरिए

मोहम्मद ईजहार शेख
माघ ६, नवलपरासी ।
नवलपरासीको सुस्तामा भारतीय अतिक्रमण वढ्दै गएपछि नवलपरासीका सांसद , प्रमुख जिल्ला अधिकारी , स्थानीय बिकास अधिकारी , प्रहरी प्रमुख लगायत जिल्लाका उच्च पदस्थ ब्यक्ति सहित राजनितिक दलको टोलीले स्थलगत अनुगमन गरेको छ । करिब ३ सय घरदुरी रहेको त्रिवेणी सुस्ता गाविस वडा नम्बर ४ सुस्ताको दक्षिण र पुर्वमा भारतको विहार राज्यको भेडियारी बजार,उत्तरमा विवादित सुस्ता क्षेत्र र भारतीय ब्यारेज र पश्चिममा नवलपरासीको पक्लीहंवा गाविस पर्दछ ।

टापु जस्तै मानिएको नारायणी पारी , शिक्षा , स्वास्थ्य , विद्युत , शुरक्षा लगायत प्रयाप्त सेवा सुबिधा सेमत छैनन् । सुरक्षाको दृष्टिकोणले निकै पछाडि परेको सुस्ताबासीको दिनचर्या दिनप्रतिदिन खस्कीदै गएको छ । भारतले भारतीय बजारमा रोक लगाएपछि स्थानीयहरु संधै जोखिमपुर्ण डुङ्गा यात्रा तय गर्न बाध्य रहेका छन् । आफुहरुले जोतभोग गरेको जग्गा नापसाध भई लालपुर्जा र नागरिकता पाउनु पर्ने,सिमाको समस्या कुटनीतिक तरिकाले समाधान हुनु पर्ने उनिहरुले मांग गरेका छन् ।

शिक्षाको हिसाबले एक मात्र विद्यालय जनता दलित प्राथमिक विद्यालय सुस्ता रहेको छ । त्यसपछिको अध्ययनका लागि विद्यार्थी भारतमै पढ्न जानुपर्ने वाध्यताका कारण पीडित छन् । अधिकांस बालबालिकाले कक्षा  ५ को अध्ययन पछि पढाई छोडने गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ्गले वताए ।
४० हजार ८ सय ८० क्षेत्रफलमा फैलीएको सुस्ता क्षेत्रको १४ हजार क्षेत्रफल अहिलेसम्म अतिक्रमण भईसकेको छ । ८ हजार क्षेत्रफल भारतले जोतभोगमा समेत रोक लगाएको छ । विसं २०२२ सालको भिषण बाढिले बिस्थापीत भएका सुस्ता बासीहरु अहिलेसम्म नागरिकता , लालपुर्जा लगायतका नेपाली प्रमाणपत्र समेत पाउन सकेका छैनन् ।

बर्षाैं देखि बसोबास गर्दै सिमाको विना वर्दी संरक्षण गरिरहेका सुस्ता बासीहरुको अहिलेसम्म टोलीमा मात्र करिब ३०० अंगिकृत नागरिकता बितरण भएको छ । सुस्ताको समस्या देखेपछि नवलपरासी आएका नव प्रमुख जिल्ला अधिकारी उदय बहादुर राणा मगरले सुस्ताको समस्या नवलपरासीको नभई सिङ्गो देशको भएको बताउदै समस्या समाधानका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

सुस्ता बासीको नाजुक अवस्था देखेपछि टोलीमा सहभागि नवलपरासीका स्थानीय बिकास अधिकारी युवराज कटेलले आफु यथासिघ्र बिषयगत कार्यालयहरु सँग छलफल गरि बिकासका कार्यहरु अघि बढाउने बताउनु भयो । उँखु र बदामका लागि निकै उर्वर मानिएको सुस्ता गाँउमा मात्र १५ वटा उँखु पेल्ने क्रसर रहेका छन् । तर त्यहाँ उत्पादीत भेलीले बाटो अभावका कारण बजार पाउन सकेको छैन भने सो राजगारी वा बाध्यताको नाममा माछा मार्ने र केही ब्यक्ति डुङ्गा चलाउने गरेका छन् । वर्षायाममा डुङ्गा यात्रा गर्दा एकतर्फि मात्र ४ घन्टा लाग्ने गरेको छ भने पानीको सतह अत्याधिक भएको बेला डुङ्गा यात्रा महिनौं सम्म अवरुद्ध समेत हुने गरको छ ।

बाकी समयमा घन्टौसम्मको जोखिम पुर्ण यात्रा तय गर्नुपर्ने सुस्ता बासीको दैनिकी नै बनेको छ । क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवारको पहलमा नरायणि नदिमा एसियाकै दोस्रो ठुलो झुलङ्गे पुल निर्माण कार्य यसै बर्षवाट सुरु भएपनि भारतीय पक्षले बेलाबखतमा निर्माण कार्यमा अवरोध गरेपछि निर्माण कार्य प्रभाति हुदै आएको छ । पुल निर्माणको अवरोध हटाउनका साथै सुस्ता बासीको दिनचर्या सहज बनाउनका लागि आफुले कुटनितिक तरिकाले पहल गर्दै अएको र अब अझै लागेर गर्ने सांसद देवकरण कलवार ( सन्तु ) ले आश्वासन दिनु भएको छ । यसरी नेपालकै भुभाग पुग्न पनि भारतीय बाटो प्रयोग गर्न बाध्य भएकासुस्ताबासीहरु सरकारले प्रदान गरेको विभिन्न सेवा सुविधावाट बन्चित हुदै गएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);