प्रन्या र न्यायाधीशहरुले निकास दिनुपर्ने ट्रेड युनियनको माग, सुनुवाइ रोके आन्दोलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

प्रन्या र न्यायाधीशहरुले निकास दिनुपर्ने ट्रेड युनियनको माग, सुनुवाइ रोके आन्दोलन गर्ने

काठमाडौं । आधिकारिक ट्रेड युनियन, सर्वोच्च अदालतले न्यायालयमा देखिएको वर्तमान समस्याको समाधान दिन प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई आग्रह गरेको छ ।

आधिकारिक ट्रेड युनियन सर्वोच्चका तर्फबाट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष प्रकाश पराजुली, निजामती कर्मचारी युनियनका अध्यक्ष राजकुमार भट्ट र नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पुष्पराज तिमल्सिनाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अदालतभित्र देखिएका विकृति विसंगतीको अन्त्य गर्न प्रन्यासहित न्यायाधीशहरु जिम्मेवार भई गम्भीरतापूर्वक अबिलम्व समूचित समाधान दिनुपर्ने माग गरेका छन् ।

अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दिएका छन् ।ट्रेड युनियनले अदालतभित्र प्रधानन्यायाधीश एवं न्यायाधीशहरु बीचमा असमझदारी भई मुद्दाको सुनुवाई नै प्रभावित भएको, न्यायालयको जनआस्था खस्काउने गरी प्रचार भएको भन्दै अदालतमा भैरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षणसमेत जनाएको छ ।

Leave a Reply