एमाले पालिका अधिवेशन : पोखरामा पृथ्वीसुब्बा र खगराज निकटबीच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

एमाले पालिका अधिवेशन : पोखरामा पृथ्वीसुब्बा र खगराज निकटबीच प्रतिस्पर्धा

पोखरा । नेकपा एमालेले कास्कीकाे पोखरा महानगरपालिकासहित जिल्लाका पाँचवटै पालिकामा सर्वसहमतिमै नेतृत्व टुंग्याउन प्रयास थालेकाे छ । एमालेले आज मंगलबार देशभर पालिका अधिवेशन गर्दैछ ।

‘सर्वसम्मत नेतृत्व चयन भए सबैभन्दा बढी प्रजातान्त्रिक हुनछहो । मतदान नै गर्नुपर्छ भन्ने छैन,’ एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘सबै जना सर्वसम्मतको पक्षमा हुनुहुन्छ ।’ पोखरा, रुपा र मादीमा पूरानै अनुहार दोहोरिने सम्भावना छ । पोखरामा हाल दीपक पौडेल अध्यक्ष छन् भने रुपामा सहबक्स मियाँ र मादीमा बालकृष्ण गुरुङ छन् । तीनै जनाले अध्यक्षमा दावी गरेका छन् ।

यद्यपि, पोखरामा तेजनारायण अधिकारी र दिलीप न्यौपानेले पनि दाबी गरेका छन् । अधिकारीले भने, ‘सर्वसम्मत अध्यक्ष बन्छु भनेर नै महानगरको प्रतिनिधि बनेको हुँ । अबको अध्यक्ष म नै हो ।’ अधिकारी र पौडेल पृथ्वीसुब्बा गुरुङ निकट छन् भने न्यौपाने खगराज अधिकारी निकटका हुन् ।

रुपामा मियाँलाई नै सर्वसम्मत रुपमा नेतृत्व हस्तान्तरण गर्ने तयारी छ । ‘उहाँले छोड्नुभयो भने मात्रै अरु विकल्प खोज्ने हो । उहाँले इच्छा देखाए यो कार्यकाल सर्वसम्मत रुपमा उहाँले नै पाउनुहुन्छ,’ एक नेताले भने, ‘गण्डकीमा मुस्लिम समुदायबाट अध्यक्ष बन्ने उहाँ मात्रै हो । त्यसैले यो एमालेका लागि पनि गौरवको विषय हो ।’ रुपामा मुस्लिम समुदायकाे बाहुल्य छ । यहाँ एमाले विभाजनको बेला एकीकृत समाजवादी रोजेर पनि पछि फर्किएका वडा नम्बर ५ का वडा सदस्य दामोदर घिमिरेले पनि अध्यक्षमा दावी गरेका छन् ।

मादीमा वर्तमान अध्यक्ष बालकृष्ण गुरुङ दोहोरिने सम्भावना छ । तर, वडा नम्बर ७ का वडाअध्यक्ष पसबहादुर बास्तोला र अर्का नेता हरिबाेल गौतमले पनि दाबी गरेका छन् । देखिएका ३ वटा नाम मध्येमा एउटालाई सर्वसम्मत रुपमा चयनकाे प्रयास भइरहेकाे छ । 

अन्नपूर्ण गाउँपालिकामा वर्तमान उपाध्यक्ष सगुन गुरुङले अध्यक्षमा दाबी गरेकी छन् । ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ तथा नेता सुरेन्द्र गुरुङ, सोम पौडेल, विवेक देवकोटा, गौरी सुवेदी लगायतले पनि आकांक्षा देखाएका छन् । ‘म भुगोलमै राजनीति गर्छु । जिल्ला र प्रदेशमा जानु छैन,’ गुरुङले भनिन्, ‘अरु ठाउँ महिलाले नेतृत्व दाबी गरेनन् भन्नेहरु यहाँ महिलालाई नै पछि पार्न सर्वसम्मतको कुरा गर्छन् । सर्वसम्मत नै गरेपनि महिलाले नेतृत्व गर्दा के विग्रिन्छ ?’

माछापुच्छ्रेमा विक्रम गुरुङ रमहेश्वर दवाडीले आकाँक्षा देखाएका छन् । उनीहरुले आफ्नो प्यानलबाट सचिवको उम्मेदवार समेत घोषणा गरेका छन् । विक्रमको प्यानमा दुर्गाबहादुर क्षेत्री सचिव छन् भने दवाडीको प्यानलमा कमल भुजेल छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);