प्रधानन्यायाधीश जबरासँग कुरा नमिलेपछि १४ न्यायाधीशको छुट्टै बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानन्यायाधीश जबरासँग कुरा नमिलेपछि १४ न्यायाधीशको छुट्टै बैठक

cholendra-jabara

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कुरा नमिलेपछि १४ न्यायाधीशको छुट्टै बैठक सुरु भएको छ ।

सर्वोच्च अदालतमा भएको छलफलमा प्रधानन्यायाधीश जबराले सडकमा प्रश्न उठ्दैमा राजीनामा नदिने अडान राखेपछि न्यायाधीशहरू आगामी रणनीति तय गर्न छुट्टै बसेका हुन् । न्यायाधीशहरू बैठकमा बसेपछि आजका लागि पेसी तोकिएका मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

प्रधानन्यायाधीश जबराले आफू संवैधानिक ढंगले आएकाले सोही ढंगले जाने तर कसैले भन्दैमा राजीनामा नदिने अडान राखेपछि १४ जना न्यायाधीश फेरि बैठकमा जुटेको एक न्यायाधीशले बताए । जबरा बरु महाअभियोगको सामना गर्न तयार भएको तर कसैले भन्दै राजीनामा नदिने पक्षमा नरहेको सर्वोच्च अदालत स्रोतले बतायो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);