न्यु क्यासलका प्रशिक्षक स्टिभ बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

न्यु क्यासलका प्रशिक्षक स्टिभ बर्खास्त

एजेन्सी । न्यु क्यासल युनाइटेडका मुख्य प्रशिक्षक स्टिभ ब्रुज बर्खास्तगीमा परेका छन् ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार टोटेनहमसँग ३-२ ले पराजित भएपछि ब्रुजले क्लबका रहिरहने संभावना कम रहेको भन्दै आफ्नो भविष्यका बारेमा छिट्टै निर्णय गरिदिन आग्रह गरेका थिए ।

ब्रुजले क्बलसँगको आपसी सहमतिमै सम्झौतामा पूर्ण बिराम लगाउने निर्णय भएको बताएका छन् । साउदी अरेबियन मालिकले क्लब स्वामित्व  लिएको १३ दिनमै ब्रुज पदबाट हटेका हुन् ।

ब्रुजले नयाँ मालिकको आगमनसँगै क्लबले छिट्टै स्वाभाविक लय भेट्टाउने विश्वास व्यक्त गरेका छन् ।

न्यु क्यासलले ग्रामी जोन्सलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

न्यु क्यासलले जारी सिजन प्रिमियर लिगमा कुनै पनि खेल जित्न सकेको छैन । आठ खेलमा २ अंक जोडेको न्यु क्यासल अन्तिम स्थानमा छ । 

ब्रुजलाई न्युक्यासलले सन् २०१९ जुलाईमा प्रशिक्षकमा नियुक्त गरेको थियो । पछिल्ला दुई सिजनमा न्यु क्यासलले १३औँ र १२औँ स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);