तलब बृद्धिको माग गर्दै अस्ट्रेलियाका नर्स आन्दोलनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तलब बृद्धिको माग गर्दै अस्ट्रेलियाका नर्स आन्दोलनमा

nurse

एजेन्सी । स्थिर तलब र कर्मचारी अभावको विरोधमा अस्ट्रेलियाको न्यु साउद वेल्सका हजारौं नर्सहरु आन्दोलनमा उत्रिएका छन् । नर्सहरुको युनियन र स्वास्थ्यमन्त्री ब्राड हजार्डबीच सम्पन्न वार्ता विफल भएपछि नर्सहरु आन्दोलनमा उत्रिएका हुन् । राज्यमा एक दशकपछि पहिलो पटक नर्सहरुले विरोध गरेका हुन् । 

ओमिक्रोन संक्रमणमा एउटा पछिल्लो बृद्धिले देशमा परीक्षा र अस्पताल प्रणालीमा दबाब परेको छ । न्यु साउद वेल्समा भएका केसहरु अस्ट्रेलियाको २५ लाख संक्रमणहरुको ठूलो हिस्सा हो । 

हजारौं नर्स र अन्य स्वास्थ्यकर्मी एनएसयूको सबैभन्दा ठूलो जनसंख्या भएको सहर सिड्नीमा मार्च गरेका थिए । उनीहरुमध्ये कतिपयले व्यक्तिग सुरक्षात्मक उपकरणहरु र नर्सका पोसाक लगाएका थिए । उनीहरूको मागमा नर्स र विरामीको अनुपातदेखि २दशमलब ५ प्रतिशत समावेश छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);