ठेचो नवदुर्गा नाच सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

ठेचो नवदुर्गा नाच सम्पन्न

भक्तपुर । पाटन मूलचोकमा मनाइने ठेचो नवदुर्गा नाच सम्पन्न भएको छ । नवदुर्गा नाच सम्पन्न भएसँगै नेपालीहरूको महान् चाड दसैँ पनि सकिएको मानिन्छ ।

ठेचो नवदुर्गा नृत्य वर्षमा दुई पटक दसैँ र योमरी पुन्हीको समयमा गरिन्छ भने गत वर्ष कोभिडको महामारीका कारण गरिएको थिएन ।

यस नृत्य समूहमा भैरव, सिमा, धुम्बा, भगवान् गणेश, वाराही, चामुण्डा, भ्रामायनी, महेश्वरी, वैष्णवी, कुमारी र इन्द्रायणीको मुखौटाले सजिएका ११ जना नर्तकहरू हुन्छन् भने भेडा र राँगोको बलि दिइने चलन छ ।

यस समूहले नाच्ने नाचको अन्य स्वदेशी नृत्यहरू सिक्ली नाच (खोखाना), अजिमा नाच (काठमाडौं), सप्त मातृका नाच र गटु प्याखान (कीर्तिपुर) र अस्ट मातृका नाच (ललितपुर)सँग समानता रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);