भारतमा जीप दुर्घटनामा बैतडीका दुई जनासहित पाँच जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भारतमा जीप दुर्घटनामा बैतडीका दुई जनासहित पाँच जनाको मृत्यु

बैतडी । भारतको पिथौरागढमा भएको सडक दुर्घटनामा बैतडीका दुई जना सहित ५ जनाको मृत्यु भएको छ । भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक पीएच०१एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भिरबाट खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा बैतडीको पाटन- ६ का मोहन जोशी, खिमाली गाउँका दीपक अवस्थी, भारतीय सेनाका अवकासप्राप्त ब्रिग्रेडियर विनोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंहको मृत्यु भएको भारतीय संचार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा मृत्यु भएका जोशी पाटन बहुमुखी क्याम्पस पाटन बैतडीमा प्राध्यापनरत थिए ।

गाडी विनोदकुमार चन्द आफैँले चलाइरहेका थिए । उनको गाउँ बुगामा आजै कुलपूजा थियो । पूजाभन्दा अगाडि बैतडीका अवस्थी र जोशीले चन्दलाई स्नानका लागि कर्णप्रयाग जाने सल्लाह दिएका थिए ।

स्नान गरेर कुलपूजाका लागि फर्किंदै गर्दा दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ । अवस्थी र जोशी चन्दका कुल पुजारीसमेत थिए । चन्द राति अनिँदो रहेका र गाडी चलाउँदा निद्रा लागेपछि दुर्घटना भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै संचार माध्यमले जनाएका छन् ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);