काठमाडौँ, १७ कात्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि विभिन्न दल र स्वतन्त्र गरी कूल ३३५ महिलाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणका ४५ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि बिहीबार प्रतिनिधि सभातर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी कूल ३३५ महिलाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार, प्रतिनिधि सभातर्फ र प्रदेश सभातर्फ महिला पुरुष गरी जम्मा ४ हजार ७०८ जनाको मनोनयन दर्ता भएको छ ।