टाट पल्टिएको एअर इन्डिया अब टाटाको स्वामित्वमा | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

टाट पल्टिएको एअर इन्डिया अब टाटाको स्वामित्वमा

एजेन्सी । भारतीय राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एअर इन्डिया बिक्री गरिएको छ । सरकारले भारतको व्यवसायिक समूह टाटालाई दुई अर्ब ४० करोड अमेरिकी डलरमा एअर इन्डिया बिक्री गरेको हो । ९अर्ब ५० करोड डलर घाटामा रहेको एअर इन्डियालाई सरकारले लामो समयदेखि बक्री गर्न खोजेको थियो । 

सन् १९३२ मा टाटा समूहले नै एअर इन्डियाको स्थापना गरेको थियो । तर,  सन् १९५३ मा यसलाई सरकारले आफ्नो स्वामित्वमा ल्याएर उडान सञ्चालन गरेको थियो । 

खरिदपछि टाटा सन्सका अध्यक्ष रतन टाटाले सो कम्पनीका पूर्वअध्यक्ष जेआरडी एअर इन्डियाको पृष्ठभूमिमा उभिएको तस्बिर ट्विट गरेका थिए । टाटा समूहले दुई वायुसेवा कम्पनी सञ्चालन गरिरहेको छ । 

एअर इन्डियासँग १३० विमानदेखि हजारौँ विमानचालक र चालक दलका सदस्य छन् । यसअघि सन् २००१ भारतीय सरकारले इन्डियन एअरलाइन्सको ४० प्रतिशत स्वामित्व बेच्न खोजेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);