२७ सय वर्ष पुरानो शौचालय फेला, पुरातत्वविद् भन्छन्, प्राचीनकालका मानिस झन् सौखिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२७ सय वर्ष पुरानो शौचालय फेला, पुरातत्वविद् भन्छन्, प्राचीनकालका मानिस झन् सौखिन

एजेन्सी । जेरूसेलममा पुरातत्वविद्हरूले २७ सय वर्ष पुरानो शौचालय फेला पारेका छन् । शौचालय फेला पारेसँगै प्राचीन समयका केही तथ्य उजागर भएका छन् । प्राचीनकालमा निजी शौचालय सुविधा सम्पन्न हुने गरेको पुरातत्वविहरूद्ले अनुमान गरेका छन् । 

चिल्लो दर्शन ढुंगामा वर्गाकारमा कलात्मक ढंगले बनाइएको शौचालय भेटिनुले पुरानो सहरको वास्तुकला झल्किएको इजरायलको पुरातत्व प्राधिकरणले जनाएको छ । वर्गाकार ढुंगाको मध्य भागमा गहिरो प्वाल पारेर त्यसमुनि सेफ्टी ट्यांकी बनाइएको अवस्थामा पुरानो शौचालय भेटिएको थियो । 

‘क्यूबिकल आकारको निजी शौचालय प्राचीन कालमा निकै दुर्लभ मानिन्छ । यदाकदा त्यस्ता शौचालय उत्खननका क्रममा भेटिन्छन्,’ उत्खनन् टोलीका निर्देशक याकोभ विलिङले भने । 

धनी व्यक्तिले मात्रा त्यस्ता शौचालय राख्न सक्ने उनको भनाइ छ । आफ्नो टेबुलनजिकै शौचालय हुनु भनेको त्यतिबेलाको धनाढ्य व्यक्ति भन्ने बुझिन्थ्यो । 

सेफ्टी ट्यांकभित्र हड्डी र माटोका भाँडाकुँडा भेटिनुले त्यतिबेलाको जीवनशैली र मानिसहरूको पोषणको अवस्थासमेत  उजार गरेको पुरातत्व निकायका अधिकारीहरूले जनाएका छन् । प्राचीनकालमा मानिसहरूले घरनजिकै बगैंचा र फलफूलका बिरुवा रोप्ने गरेको पनि अध्ययनमा देखिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);