कात्तिकमा भेट्रान्स फुटबल, कम्तिमा १० टोलीको सहभागिता रहने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कात्तिकमा भेट्रान्स फुटबल, कम्तिमा १० टोलीको सहभागिता रहने

काठमाडौं । फुटबलर्स मिशन टुगेदरको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा पहिलो ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता–२०७८’ आयोजना हुने भएको छ । 

पूर्व फुटबलरको संस्था फुटबलर्स मिशनले आइतबार पत्रकार सम्मेलन गर्दै ६-१६ कात्तिकसम्म प्रतियोगिता आयोजना हुने बताएको हो । 

आर्थिक विपन्नता भै औषधि उपचार गर्न समस्या परेका पूर्वराष्ट्रिय खेलाडी, रेफ्री तथा प्रशिक्षकलाई सहयोग तथा बिमा गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

आयोजकले पहिलो संस्करणको प्रतियोगितामा १० देखि १६ टोलीको सहभागिता रहने बताएको छ । सहभागी टोलीले ३५ बर्षका ३ तथा ४० बर्षभन्दा माथिका खेलाडी प्रतियोगितामा सहभागी हुने बताएको छ । 

प्रतियोगिताको अनुमानित लागत २५ लाख रहेको छ । प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित एन्फा मुख्यालय तथा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);