काठमाडौं । विवादको कारण क्रियाशील सदस्यता टुंग्याउन नसकेको नेपाली कांग्रसको ८ जिल्ला मध्य आज तिन जिल्लाको क्रियाशिल सदस्यता विवाद टुंगो लागेको छ । बाग्मती प्रदेशको रसुवा, प्रदेश २ को रौतहत, बारा, पर्सा, धनुषा, सर्लाही र सप्तरी तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सदस्यता विवाद रहेको थियो ।
जसमध्य धनुषा, सर्लाही र कैलाली जिल्लाको क्रियाशील सदस्यता को सूची टुंगीएको छ । अझै ५ जिल्लाहरु रौतहट, बारा, पर्सा, सप्तरी र रसुवा को सदस्यता विवाद टुंगिन बाँकी रहेको छ ।
पार्टीको वेबसाइटमार्फत् कांग्रेस केन्द्रीय निर्वाचन समितिले सदस्यता विवाद टुंगीएका तिन जिल्लाको सदस्यता सूची सार्वजनिक गरेको छ सार्वजनिक गरिएका क्रियाशील सदस्यको नयाँ र नवीकरण गरिएको सूची पार्टीको वेबसाइटमा प्रकाशित गरीएको छ ।