काठमाडौं । युग वृद्ध नेपालको निःशुल्क सेनटरी प्याड वितरण अभियानको सुरुवात गरेको छ । नेपालमा निःशुल्क परिवार नियोजन साधन मात्र नभई महिलाहरुका लागि निःशुल्क रुपमा सेनटरी प्याड उपलब्ध गराउन दबबा दिने उद्धेश्यले संस्थागत रुपमा अभियान संचालनमा ल्याएको युग वृद्ध नेपालका अध्यक्ष नारायण शर्माले बताए ।
विभिन्न दाताहरुबाट निःशुल्क प्याड संकलन गर्दै निशुल्क वितरण अभियान संचालन सुरु गरिएको हो । यसलाई विस्तार गरेर देशै भरि यो अभियान संचालन गर्ने तयारी भैरहेको र विभिन्न दाताको प्रतिबद्धता आउनेक्रम शुरु भएको र सरकरासँग समन्वय गरेर अघि बढ्ने युग वृद्ध नेपालका कोषाध्यक्ष सुदिप बाबु बस्नेतले बताए ।




