पूर्वसांसद राजवंशी एमाले प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पूर्वसांसद राजवंशी एमाले प्रवेश

झापा । नेपाली कांग्रेसका पुराना नेता हुन्, झापाका अमृतलाल राजवंशी । कांग्रेसबाट ०६४ र ०७० मा संविधानसभामा समानुपातिक सांसद बन्ने असर पाए । उनी पार्टीको १४औँ महाधिवेशमा बिर्तामोड-४ बाट क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बने । 

तर, चार दशक राजनीतिक गरेको पार्टीमा नराम्रोसँग हार व्यहोरेपछि उनले एमाले रोजे । आइतबार एमाले अध्यक्ष केपी ओलीबाट टीका लगाएर उनी एमालेमप्रवेश गरेका हुन् ।

महाधिवेशनमा हारेर पार्टी छाडेको भन्ने तर्क उनी भने स्वीकार गर्दैनन् । कांग्रेसमा ‘सुकिलामुकिला’ हावी भएकाले ६ वर्षदेखि पार्टी छाड्ने ‘मुड’ बनाएको उनी बताउँछन् । ‘पार्टीमा सुकिलामुकिलाको हालिमुहाली बढ्यो ।

हामीजस्तो पुराना नेतालाई पाखा लगाउने काम भयो,’ उनले न्युज कारखानासँग भने, ‘तर, महाधिवेशनमा हारेकै कारण भने पार्टी छाडेको हैन । म कांग्रेसको महाधिवेशनमा उठ्दिन भन्नेमा थिएँ । तर, केही निकट साथीहरूले उठ्नुपर्छ भनेर उठेको हुँ ।’ 

नाकाबन्दीका समयमा केपी ओलीले राष्ट्रियताका पक्षमा लिएको अडान, सरकारमा हुँदा गरेको विकास, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सिके राउतलाई मूलधारमा ल्याएका कारण उनीप्रति आकर्षण बढेकाले एमाले प्रवेश गरेको बताए । 

तर, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले भने राजवंशी एमालेमा प्रवेश गरे पनि कांग्रेसलाई गुनासो नरहेको बताए । राजवंशीले ०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका कांग्रेस जिल्ला सभापति थापालाई हराउन भूमिका खेलेको उनको आरोप छ । ‘उहाँले पार्टी छाडेकोमा हाम्रो केही गुनासो छैन । म उम्मेदवार हुँदा मलाई उहाँले हराउन भूमिका खेल्नु भएको हो,’ उनले भने, ‘सांसद भएको मान्छे वडामै हार्छ कहीँ ?’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);