पेरिसडाँडामा बस्ने माओवादी बैठकमा राष्ट्रिय सम्मेलनबारे छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पेरिसडाँडामा बस्ने माओवादी बैठकमा राष्ट्रिय सम्मेलनबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी मुख्यालय पेरिसडाडाँमा आज सोमबार बस्दै छ । राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन स्थायी कमिटीको बैठक बोलाएको हो । बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड तयार पार्नेछ ।

नेकपा माओवादी केन्द्रले आगामी पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ । यसका लागि अहिले देशभरि वडा सम्मेलनहरू भइरहेका छन् । पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने कार्यसूची छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);