आर्सनलले टोटनहमलाई हरायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आर्सनलले टोटनहमलाई हरायो

एजेन्सी । इङलिस प्रिमियर लिग (इपिएल) मा टोटनहमले लगातार तेस्रो जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको लण्डण डर्बीमा आर्सनलले टोटनहम माथि ३-१ गोल अन्तरको जित निकालेको हो ।

आर्सनलका लागि इमिल स्मिथ रोव, पिरे इमेरिक औबामेयाङ र  बुकायो साकाले १/१ गोल गरेका थिए । स्मिथ रोवले गोल गर्दै घरेलु टोलीलाई १२औँ मिनेटमा अग्रता दिलाएका थिए । स्मिथ रोवको पासमा गोल गर्दै पिरे इमेरिक औबामेयाङले २८औँ मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे । साकाले ३४औँ मिनेटमा अर्को गोल गरेर आर्सनललाई पहिलो हाफमै ३-० को प्रभावशाली अग्रता दिलाए । 

भ्रमणकारी टोटनहमका लागि ७९ मिनेटमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले १ गोल फर्काएका थिए । सनले सर्जियो रिग्विलनको पासमा गोल गरे । आर्सनलको यो प्रिमियर लिगमा लगातार तेस्रो जित हो । जितपछि आर्सनल सहरी प्रतिद्वन्द्वी टोटनहमलाई गोलअन्तरमा पछि पार्दै प्रिमियर लिग अंक तालिकाको १०औँ स्थानमा उक्लिएको छ । ६ खेलमा दुवै टोलीले समान नाै अंक जोडे पनि टोटनहम गोलअन्तरमा पछाडि छ । समान नाै अंक जोडेको ब्रेन्टफोर्ड भने नवौँ स्थानमा छ ।

आइतबार रातिका अन्य खेलमा उल्भरह्याम्पटनले साउथह्याम्पटनलाई १-० को नतिजामा हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);