तनहुँको ऋषिङमा १२ मत खसेपछि अधिवेशन स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

तनहुँको ऋषिङमा १२ मत खसेपछि अधिवेशन स्थगित

तनहुँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका तनहुँका आठ स्थानीय तहमा लागि अधिवेशन सम्पन्न भएको छ । दुई स्थानीय तहमा भने स्थगित गरियो । जिल्लाको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकामा अधिवेशन स्थगित गरिएको हो ।

भिमादमा सहमतिको प्रयास गर्ने भन्दै स्थगित भएको हो । ऋषिङमा भने मतदान सुरु भईसकेपछि अधिवेशन स्थगित गरिएकोे छ । ऋषिङको ढुंगागाडे सामुदायिक भवनमा अधिवेशन भएको थियो । सर्वसम्मत नभएपछि मतदान प्रक्रियामा गएको र १२ मत खसेपछि निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत कृष्णप्रसाद बरालले बताए । सोमबार विहान सवा १० बजेसम्मलाई निर्वाचन स्थगित गरिएको उनले जानकारी दिए ।

अरु पदमा सर्वसम्मत भएपनि सभापति र सचिवमा हुन सकेको थिएन् । सभापतिमा भोजराज रानाभाट, तिलबहादुर थापा र दानबहादुर श्रेष्ठको उम्मेदवारी परेको छ ।  सचिवमा सुरजकुमार श्रेष्ठ, विजय दरै, शुभसुन प्रयास राना र लालबहादुर थापाले उम्मेदवारी दिएका थिए । सभापति र सचिव पदमा सर्वसम्मत नभएपछि मतदान प्रक्रिया सुरु भएको हो । 

‘सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइयो । १२ मत खसेको थियो । त्यसपछि ऋषिङका तरुण युवाहरूले सर्वसम्मत गराउनुपर्छ, यसरी चुनावमा जाँदा नकरात्मक सन्देश जान्छ । गुट उपगुट सिर्जना हुन्छ भनेर तरुण युवाले बाहिर मतदातालाई एकछिन रोक्किनुस् भन्नुभयो । मतदाता भित्र मतदान गर्न आउनुभएन । डेढ घण्टा जति मतदान रोकियो’, उनले भने, सबैको सोमबार १० बजेसम्म सहमतिका लागी समय दिएको छौँ । सहमति नभएमा सवा १० बजेपछि मतदान सुरु हुनेछ ।’ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);