काभ्रे । नगरकोटमा वृहत आंखा शिविर संचालन भएको छ । शिविरबाट ४ सय मानिसहरु लाभान्वीत भएका छन् । उपचारमा सहभागिहरुलाई निशुल्क औषधी लगाएतका सामाग्री उपलब्ध गराइएको छ ।
शिविरमा आँखा जचाउन आएकाहरु बाट ५० भन्दा बढिको आँखाको अप्रेशन गर्नपर्ने देखिएको र ति सबैका उपचार निशुल्क व्यवस्थापन गरिएको नगरकोट नाल्दुम पर्यटन विकास मितिका सचिव प्रदिप अधिकारीले बताए । शिविरबाट काभ्रे र भक्तुपुरका स्थानियहरुले सेवा प्राप्त गरेका छन् ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा माट्रीका आई सेन्टर काठमाडौं, मण्डनदेउपुर नगरपालिका र नाल्दुम नगरकोट जेसीजकोको सहयोगमा शिविर संचालन गरिएको नाल्दुम नगरकोट जेसिजका अध्यक्ष आशा देवान श्रेष्ठले जानकारी दिईन ।