काठमाडाैं । देशको नेतृत्व जनतासँग जोडिएको हुनु पर्छ। जनताका सुख दुखमा नेतृत्व सँग सँगै हिडन सक्नु पर्छ।
तर हाम्रो देशमा राजनीतिक नेतृत्व र जनताकोबीचमा तालमेल देखिदैन। खास गरि नेताहरुले सत्तामा गए पछि जनभावना विपरित काम गर्ने गरेका छन। जसका कारण नेताहरुले गर्ने काम आफ्नो देश र जनताका लागि हो वा विदेशी शक्ति केन्द्र रिझाएर व्यक्तिगत फाइदा लिन हो भन्ने आशंका बढ्न थालेको छ।
त्यसको परिणाम स्वरुप नेताहरु जनताबाट एक्लिदै छन ।




