निर्वाचन सार्ने कुनैपनि गतिविधि नगर्न ओलीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने कुनै पनि खालका गतिविधि नगर्न सरकार र सत्तारुढ काँग्रेसलाई चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले बाम गठबन्धन लोकतान्त्रिक प्रक्रियामार्फत् बनेको तर्क गर्दै त्यसबाट नआत्तिन पनि नेपाली काँग्रेसलाई सचेत गराएका छन् । लोकतन्त्रको मसिहा ठान्ने काँग्रेसले लोकतान्त्रिक प्रक्रिया अन्तरगत बाम गठबन्धन बन्दा आत्तिन नहुने उनको भनाई छ ।

बुधबार जनमोर्चा, नेपाल र जागरण परिषदका सम्पूर्ण नेता, कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई सुदृढ बनाउँदै मुलुकलाई समृद्ध बनाउन बाम गठबन्धन गर्नु परेको पनि पटक–पटक दोहोर्‍याए ।

अध्यक्ष ओलीले नेकपा एमालेले देश र जनताको हितप्रति समर्पित भएर बाम दलहरुलाई एकतावद्ध बनाउने अभियानको नेतृत्व लिएको दावी गरे । उनले कुनै निजी वा बैयक्तिक स्वार्थ लेनदेनको आधारमा बाम गठबन्धन नबनेको स्पष्ट पारे ।

अध्यक्ष ओलीले पार्टीमा विलय भएको जनमोर्चा, नेपाल र जागरण परिषदका नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिने आश्वास दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);