वाम एकताबाट लोकतान्त्रिक शक्ति आत्तिएको एमाले अध्यक्ष ओलीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, १५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको एकताबाट लोकतान्त्रिक शक्ति आत्तिएको टिप्पणी गरेका छन् ।

बुधबार साध्यवहादुर भण्डारी नेतृत्वको जनमोर्चा नेपालसँग पार्टी एकतापछि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले वामपन्थीको लोकतान्त्रिक अभ्यासलाई लोकतान्त्रिक शक्तिले नै स्वीकार गर्न नसकेको धारणा राखेका छन् ।

जनमोर्चा सँगको पार्टी एकताले वामपन्थी शक्तिलाई थप मजबुद बनाएको भन्दै अध्यक्ष ओलीले व्यक्तिगत स्वार्थका लागि वाम शक्तिहरुबीच गठवन्धन नगरेको दावी गरेका छन् । देश निर्माणका लागि वाम शक्तिहरु एक भएको भन्दै अध्यक्ष ओलीले अन्य वाम दललाई पनि एकतामा आउन आग्रह समेत गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);