ओलीको मैदानमा कांग्रेसका अधिकारी, माओवादीका कार्कीसँग विश्वप्रकाश भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, १५ कार्तिक। नेपाली कांग्रेस लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नं. १ मा उठाउने निर्णय गरेको छ। बुधबार बिहानैबाट बालुवाटारमा जारी कांग्रेस संसदीय समितिको बैठकले शर्मालाई उनलाई झापा -१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो।

झापा १ मा वाम गठबन्धनबाट पूर्व मन्त्री तथा माओवादीका नेता राम कार्की उठ्ने लगभग पक्का भैसकेको छ। शर्मा झापा ५ मा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीविरुद्ध उठ्ने चर्चा चल्दै आएपनि अन्तत: पार्टीले झापा -१ मै उठाउने निर्णय गरेको हो।

कांग्रेस संसदीय समितिमा झापा झापाबाट क्षेत्र नं. २ मा उद्धव थापा, ३ मा कृष्णप्रसाद सिटौला, ४ मा देउमान थेबे र ५ मा डा. खगेन्द्र अधिकारीको नाम पेश गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);