काठमाडौँ मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज नगर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

काठमाण्डौँ, १५ कार्तिक । सर्वोच्च अदालतले काठमाडौँ नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने निर्णय तत्काल लागू नगर्न आदेश दिएको छ ।

मेडिकल कलेज सञ्चालन गर्न कुनै पनि मापदण्ड पुरा नगरेको भन्दै त्रिविले उक्त कलेजको सम्बन्धन खारेज गरेको थियो।

नेशनल मेडिकल कलेजका सञ्चालक जैनुद्धिन अन्सारीले असोज ३१ गते त्रिविको उक्त निर्णय कार्यान्वयन नगर्ने आदेश माग्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाई गर्दै कार्तिक ८ गते डम्बर बहादुर शाहीको इजलासले सम्बन्धन खारेज गर्ने त्रिविको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।

सुनसान भवनलाई मेडिकल कलेजको सम्बन्धन दिएपछी त्रिविको सर्वत्र आलोचना भएको थियो। डा. गोविन्द केसीको १२औँ अनसनपछि त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले उक्त कलेज खारेज गर्ने निर्णय गरेको थियो।

त्रिविले आफ्ना कर्मचारीसहितको समिति बनाई निरिक्षणका लागि उक्त कलेज पठाएको थियो। समितिले पनि उसले मापदण्ड पुरा नगरेको रिपोर्ट दिएपछी त्रिविले नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);