मौसम परिवर्तन सँगै बिरामी बढे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौँ, १३ कार्तिक । जाडोयाम सुरु भएसँगै अस्पतालमा रुघाखोकी, दम, श्वासप्रश्वासलगायतका विरामी बढेका छन् । टेकुस्थित शुक्रराज टेकु अस्पतालले दिएको जानकारी अनुसार डेंगु रोगका विरामीको संख्या पनि निकै बढेको छ ।

जाडोयाममा खासगरी बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा पर्ने गरेका छन् । चिसो र यो मौसममा फैलने सरुवा रोगका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई बढी सताउने गरेको छ ।

एकमहिनाअघिदेखि अहिलेसम्म लामखुट्टेको टोकाइबाट सर्ने डेंगूका कारण सर्लाही र रुपन्देहीबाट १ सय ५० भन्दा बढी बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा उपचार गर्न आएको अस्पतालले जानकारी दिएको छ । साथै अझै एक महिनासम्म डेंगूका बिरामीहरु आउने अस्पतालको अनुमान छ ।

जाडोयाममा चिसोका कारण एलर्जी, घाँटीको संक्रमण, झाडापखाला, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, मुटु कमजोर हुनेजस्ता समस्या पनि देखिन्छन् । चिसोले विशेष गरी मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रमण गर्छ ।

सामान्य कुराहरुमा ध्यान दिन सकियो भने यस्ता धेरै रोगबाट सहजै बच्न सकिने चिकित्सक बताउँछन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);