एमालेलाई सभामुखले भने, 'संविधानले दिएको अधिकार प्रयोग गरेको हुँ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमालेलाई सभामुखले भने, ‘संविधानले दिएको अधिकार प्रयोग गरेको हुँ’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका छन् । एमालेको अवरोधले नवौं अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेट स्थगित भई दोस्रोमा पनि अवरोध भएपछि सभामुख सापकोटाले ‘म संविधान, नियम, कानुन, ऐनअनुसार अघि बढ्न तयार छु । सदन चलाउन सहयोग गर्नुस्’ भनेर आग्रह गरेका हुन् ।

सापकोटाले आफूले संविधान नियम कानुनकाे बर्खिलाप केही नगरेको भन्दै संविधानले दिएको अधिकार प्रयोग गरेको स्पष्टीकरण दिए । त्यसकारण सदन सञ्चालन गर्न सहयोग गर्न पुन: अनुरोध गरे । पहिलो बैठकमा आक्रामक रुपमा नियमावलीतर्फ ध्यानाकर्षण गराएका सभामुख सापकोटाले दोस्रो बैठकमा विनम्रताका साथ प्रस्तुत भइरहेका छन् ।

उनले फेरि अनुरोध गरे, ‘माननीय सदस्यहरु तपाईंहरूका माग ध्यानाकर्षण भयो । अब सदन सञ्चालन गर्न दिनुस्।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);